एमाले धादिङ-काठमाडौं सम्पर्क मन्चको तीज विशेष कार्यक्रम सम्पन्न

Avatar photo
Dhadingpost
साउन २६, २०८२

धादिङ । नेकपा एमाले धादिङ-काठमाडौं सम्पर्क मन्चले आईतबार महिला भेला तथा तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

मञ्चका उपाध्यक्ष एबम कार्यक्रम संयोजक सुबद्रा थापा को अध्यक्षता पूर्वमन्त्री एमालेका स्थायी कमिटी सदस्य थम माया थापाको प्रमुख आतिथ्यमा लेखनाथ साहित्य सदन सोह्रखुट्टेमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

मञ्चका अध्यक्ष कमल थापा मगरका अनुसार, कार्यक्रममा केन्द्रीय सदस्य एवं बागमती प्रदेश सम्पर्क समिति इन्चार्ज सरस्वती बस्नेत, नेकपा एमाले अनुशासन आयोग सदस्य एवं प्रतिनिधि सभा सदस्य रण कुमारी बलम्पाकी मगर, सम्पर्क समन्वय समिति सचिवालय सदस्य सरिता दाहाल, अमृता अधिकारी, बिनिता सुवेदी, मञ्चका इन्चार्ज उत्तम पाठक, बागमती प्रदेश सम्पर्क समिति अध्यक्ष अशोक ठकुरी, बागमती प्रदेश सदस्य गङ्गादेवी श्रेष्ठ, सम्पर्क समन्वय महिला विभाग सचिव मेनुका दुवाडी, बागमती प्रदेश सम्पर्क समिति उपाध्यक्ष सरोज मोहन लामा, उपसचिव सरिता जिरेल, जिल्ला समिति उपसचिव भक्तबहादुर लामिछाने, सचिवालय सदस्य एवं मञ्चका पूर्वअध्यक्ष श्रीकृष्ण अर्याल, सचिवालय सदस्य शोभा तिमल्सिना, गोबिन्द दङ्गाल लगायतको आतिथ्यता रहेको थियो ।