बागेश्वरी मलेखुका एञ्जलको कक्षा १२ मा टप ३.९६ जीपीए

Avatar photo
Dhadingpost
साउन २१, २०८२

धादिङ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षाले जनाए अनुसार २०८१ को कक्षा १२ को परिक्षाफलमा यो पटक सबैभन्दा बढी ३.९६ जीपीए मात्रै रहेको छ ।

टप ३.९६ जीपीए ल्याउनेमा धादिङका एञ्जल पाण्डे पनि परेका छन् । धादिङ जिल्लाबाट टप ३.९६ जीपीए ल्याउने उनी मात्रै रहेको बागेश्वरी मावि रिचोकटार मलेखुका प्रधानाध्यापक बेदप्रसाद ढकालले धादिङपोष्टलाई बताए ।

उनी एसईईको पनि जिल्ला टप विद्यार्थी हुन् । सानै देखि वागेश्वरी पढेका एञ्जल अहि विज्ञान विषय लिएर कक्षा १२ मा टप ३.९६ जीपीए ल्याउन सफल भएको प्रधानाध्याक ढकालले बताए ।

शिक्षा युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत बोधराज पाठकले बेनीघाट रोराङ गाउँपालिकाले शिक्षामा सुधारका लागि लगानीको प्रतिफल पाउन सुरुगरेको दावी गरेका छन् । ०८० मा शुल्य उतिर्ण गराउने विद्यालयले ०८१ को एसईईमा शत प्रतिशत विद्यार्थी गराउन सफल भएका छन् । एसईई र कक्षा १२ को नतिजा सार्वजनिक भईसक्दा पालिकाको लगानी र शैक्षिक सुधारका सुत्रहरुले काम गर्न थालेको उनले बताए ।

शिक्षा अधिकृत पाठकका अनुसार कक्षा १२ को नतिजामा बागेश्वरीका एञ्जलको मूलुकभर कै टप ३.९६ जीपीए आयो भने सोहि विद्यालयमा अध्ययनर छात्रा सुस्मिता लोहनीको ३.९५ जीपीए र चन्दोदय मावि रिचोकटारका अध्ययरत स्नेहा न्यौपानेको ३.९२ जीपीए र बिफु श्रेष्ठको ३.८१ जीपीए आएको छ ।

बेनीघाट रोराङ गाउँपालिकाका ब्राईट फ्यूचरबाट १० जना, शंखादेविबाट ३९ जना, राष्ट्रिय माविबाट १४ जना, बागेश्वरीबाट १७० जना, पिपलभञ्ज्याङबाट १७ जना र चन्द्रोदय माविबाट ७३ जनाले कक्षा १२ मा परिक्षा दिएका थिए, जसमा २२२ जना उतिर्ण भएका हुन् ।

x