धादिङका शिवराज बागमतीको मन्त्री बने

Avatar photo
Dhadingpost
साउन २१, २०८२

धादिङ । आफ्नै दलको सरकार ढालेर बागमती प्रदेशका छैटौँ मुख्यमन्त्री बनेका इन्द्रबहादुर बानियाँले कांग्रेसको तर्फबाट धादिङका शिवराज अधिकारीलाई मन्त्रीमा नियुक्त गरेका छन् ।

नेपाली कांग्रेस धादिङका संस्थापक सभापति समेत रहेका अधिकारी समानुपातिकबाट सांसद बनेका हुन् ।

कांग्रेसले अधिकारीलाई बागमतीको प्रदेशको सभामुख बनाउन चाहेको थियो । सभामुख पदका लागि भएको चुनावमा ३६ मत मात्रै ल्याएका थिए । सभामुखमा ६२ मतका साथ राप्रपाका भुवन पाठक विजयी भएका थिए ।