बेनीघाट रोराङबाट कक्षा १२ मा ३२३ मध्य २२२ जना उतिर्ण

Avatar photo
Dhadingpost
साउन २०, २०८२

धादिङ । धादिङको बेनीघाट रोराङका अध्यक्ष कृष्णबहादुर थपलियाले शैक्षिक सुधारका लागि विद्यालय स्तरीमा विभिन्न महोत्वकाक्षी योजना अघि सारि रहँदा विद्यार्थीहरुको शैक्षिक सुधारमा पनि व्यापक परिवर्तन आउन सुरुभएको छ ।

एसईई २०८१ मा नतिजामा उल्यख्य सुधार गरेको बेनीघाट रोराङले सोमबार सार्वजनिक भएको कक्षा १२ को नतिजामा पनि उल्यख्य सुधार गरेको देखिएको छ । यस पालिकाबाट कक्षा १२ को परिक्षामा सहभागि ३२३ जना विद्यार्थी मध्य २२२ जना विद्यार्थी उतिर्ण भएका छन् ।

शिक्षा र स्वास्थ्यमा पालिकाले विशेष योजना सहित लगानि गरिरहेको छ । लगानी पछि सुधारको नतिजा आउँदा आफू खुसी भएको कृष्णबहादुर थपलिया (विवेक) ले धादिङपोष्टलाई बताए । उनले शैक्षिक सुधारका विशेष योजना कार्यान्वयनका लागि दिनरात नभिनी खट्ने शिक्षा युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत बोधराज पाठक, शिक्षक कर्मचारीहरुलाई समेत धन्यावाद व्यक्त गरेका छन् ।

बेनीघाट रोराङका ब्राईट फ्यूचरबाट १० जना, शंखादेविबाट ३९ जना, राष्ट्रिय माविबाट १४ जना, बागेश्वरीबाट १७० जना, पिपलभञ्ज्याङबाट १७ जना र चन्द्रोदय माविबाट ७३ जनाले कक्षा १२ मा परिक्षा दिएका थिए, जसमा २२२ जना उतिर्ण भएका हुन् ।