माओवादी केन्द्र धादिङको प्रशिक्षक प्रशिक्षण तालिम सुरु

Avatar photo
Dhadingpost
साउन १७, २०८२

धादिङ । नेकपा कम्युनिष्ट पार्टी माओवादी केन्द्र धादिङको जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण धादिङबेसी स्थित जिल्ला समन्वय समितिको सभाहलमा सुरुभएको छ ।

दुई दिन सम्म चल्ने यस तालिममा बागमती प्रदेशको स्कुल विभागको तालिम र परिक्षा पछि उतिर्ण भएका जिल्ला कै प्रशिक्षकहरुले सहजिकरण गर्नेछन् । माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् धादिङ जिल्ला इञ्चार्ज पुष्प विक्रम मल्लले तालिमको उद्घाटन गरेका छन् ।

जिल्ला संयोजक मनराज भण्डारीको सभापतित्वमा भएको उद्घाटन सत्रमा केन्द्रिय सदस्य एवम् बागमती प्रदेश सरकारका पूर्व मुख्यमन्त्री शालिकराम जम्कट्टेल, केन्द्रिय सदस्यद्वय अप्सरा सिंखडा दिपा र रामबहादुर भण्डारी, प्रदेश सह सचिव दलबहादुर बुर्लाकोटी लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।

को-को छन् प्रशिक्षक ?

  • झम्क परियार, दर्शनशास्त्र
  • प्रकाश आचार्य, माक्सवादी अर्थशास्त्र आजको विश्व र समाजवादी अर्थ व्यवस्था
  • करिमान तामाङ र हरि बहादुर विश्वकर्मा, वैज्ञानिक समाजवाद र पार्टी कार्यदिशा
  • सरोज तामाङ र सुब्बा रम्तेल, कम्युनिष्ट संगठन र संगठनात्मक अभ्यासबारे
  • दिपक लामिछाने, नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास
  • नवराज अधिकारी, संगठन सञ्चालन तथा कार्यालय व्यवस्थापन
  • प्रेम तामाङ र राजकुमार उप्रेती, राज्य सत्ता, सरकार सञ्चालन र उत्पादन
  • अमृत तामाङ, सूचना प्रविधि र सामाजिक सञ्जाल परिचालन
  • खेमराज भुजेल, प्रभावकारी निर्वाचन परिचालन कला
  • पुष्प विक्रम मल्ल, पार्टी स्थानीय सरकार समाजवाद उन्मुखबारे

तालिममा प्रत्येक पालिकाबाट १०-१० जना र जनवर्गिय संगठनका जिल्ला संयोजकहरु गरी १५० जना सहभागि छन् । तालिमपछि परिक्षा हुने र उतिर्ण भएकाहरु जिल्ला स्तरीय प्रशिक्षक हुँदै प्रशिक्षणका लागि पालिका स्तरको तालिममा पठाईने माओवादी केन्द्र धादिङले जनाएको छ ।