
धादिङ ।“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका आज गजुरीमा भएको नेपाल क्योकुसिन सेइसिन काइकान कराँते संघको भेलाले जिल्ला संघ गठन गरेको छ ।
जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङको प्रमुख आतिथ्यतामा भएको उक्त भेलाले जय राम थिङ अध्यक्ष रहेको १५ सदस्यीय नेपाल क्योकुसिन सेइसिन काइकान कराँते संघ धादिङ गठन गरेको हो ।
नव गठित कार्यसमितिको उपाध्यक्षमा शुक्रबहादुर तामाङ, सचिवमा सन्दिप तामाङ, कोषाध्यक्षमा राममायाँ तामाङ र सदस्यहरुमा हेमन्त तामाङ, सुनबहादुर तामाङ, मनोज तामाङ, समिर तामाङ, सूर्यमान तमाङ, भीमबहादुर तामाङ, सुसान्त तामाङ, कुमार तामाङ सुर्यबहादुर तामाङ, राजेन्द्र घले र राजेन्द्र तामाङ चयन भएका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तामाङले धादिङ जिल्ला खेलकुदको हव बन्दै गएको, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा धादिङका खेलाडीहरुले राम्रो नतिजा निकाल्दै गएको बताउँदै यस संघले पनि संस्थागत गतिविधि निरज्तर गर्नुपर्ने बताएका थिए ।
