धादिङका गोविन्द लम्साल मन्त्रीमा नियुक्त

Avatar photo
Dhadingpost
साउन १४, २०८२

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले धादिङका गोविन्द लम्साल सहित तीन जनालाई मन्त्रिमा नियुक्त गरेका छन् ।

लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । माया श्रेष्ठ र गीता गुरूङको जिम्मेवारी भने तोकिन बाँकी छ ।

कांग्रेसका गोविन्द लम्साल २०७९ को चुनावमा धादिङ क्षेत्र नं २ को प्रदेश क मा कांग्रेस र माओवादीको संयुक्त गठबन्धनबाट विजयी सांसद हुन् । उनले १७ हजार ०९६ मत ल्याई विजयी हुँदा उनको प्रतिद्वन्दी डा. राम कुमार अधिकारीले १४ हजार ३१६ मत ल्याएका थिए ।