प्याब्सन धादिङमा आवद्ध विद्यालयमा भोली साउन १३ गते शोक विदा

Avatar photo
Dhadingpost
साउन १२, २०८२

धादिङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) धादिङले भोली साउन १३ गते शोक विदाको घोषणा गरेको छ ।

प्याब्सन धादिङका संस्थापक सल्लाहकार एवम् गुड स्टार्ट बोर्डिङ स्कुलका संस्थापक प्रिन्सिपल हर्कविर लामाको असामयिक निधन भएको दुखद घढीमा साउन १३ गते शोक विदा दिईने निर्णय भएको प्याब्सन धादिङले जनाएको छ ।

विगत केहि वर्ष अघि देखि मुटुको नियमित उपचार गराउँदै आएका लामाको साउन ११ गते नर्भिक हस्पितलमा मृत्यु भएको थियो ।