धादिङ-काठमाडौं सम्पर्क मञ्चको युवा भेला सम्पन्न

Avatar photo
Dhadingpost
साउन ४, २०८२

धादिङ । नेकपा एमाले धादिङ-काठमाडौं सम्पर्क मञ्चले युवा विद्यार्थी भेला, एसईई उतिर्ण विद्यार्थीहरु र पार्टीको जनबर्गिय सङ्गठनमा धादिङबाट केन्द्रमा प्रतिनिधित्व गर्नेहरुलाई सम्मान गरेको छ ।

मञ्चका अध्यक्ष कमल थापा मगरको अध्यक्षता पूर्व अर्थमन्त्री एबम उपाध्यक्ष नेकपा एमाले केन्द्रिय कमिटी सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यमा लेखनाथ साहित्य सदन सोह्रखुट्टेमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा २०० जना भन्दा बढी एसईई उतिर्ण विद्यार्थीहरुलाई प्रमाणपत्र, खादा र मायाको चिनो प्रदान गरि सम्मान गरिएको थियो भने जनबर्गिय सङ्गठन निर्वाचितहरुलाई पनि बधाई तथा शुभकामना प्रदान गरिएको थियो । कार्यक्रममा डा. ऋषि तिवारीले विद्यार्थीहरुलाई (motivation) दिएका थिए ।

कार्यक्रममा केन्द्रिय सदस्य एबम धादिङ जिल्ला इन्चार्ज खेम लोहनी, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष भूमी त्रिपाठी, सम्पर्क समन्वय सदस्य एबम धादिङ-काठमाडौ सम्पर्क मञ्चका इन्चार्ज उत्तम पाठक, बागमती प्रदेश सम्पर्क कमिटी अध्यक्ष अशोक ठकुरी, नेपाल बौद्धिक परिषद अध्यक्ष गजेन्द्र थपलिया, बागमती प्रदेश सदस्य उमेश थापा, रमेश आचार्य, सम्पर्क समन्वय महिला बिभाग सचिब मेनुका दुवाडी, बागमती प्रदेश सम्पर्क कमिटी उपाध्यक्ष सरोज मोहन लामा, उपसचिव सरिता जिरेल, सचिबालय सदस्य श्रीकृष्ण अर्याल लगायतको आतिथ्यता रहेको थियो