
धादिङ । धादिङकी सानी नानी ९ वर्षीया बालगायिका दिलिजा रुवाली जारी बालबालिकाको गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ चौंथो सिजनको भोटिङ राउण्डमा पुगेकी छिन् ।
अडिसन राउण्ड पार गर्न दिलिजालाई कोच सत्यराज आचार्यले आफ्नो टिमका लागि रोजेका थिए तर गत हप्ता भएको ब्याटल राउण्डमा सत्यराजको टिममा नपरेपनि कोच खेम सेन्चुरीको टिमबाट उनी Live Round अर्थात् भोटिङ राउण्डमा पुगेकी हुन् ।
हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिबार राती ८ बजे प्रसारण हुने यो शो मा धादिङकी दिलिजाको आगामी यात्रा कोचहरु सँगै भोटिङ तर्फ मोडिएको छ ।
बाबा-आमा र स्कुलका सरहरुको प्रेरणा सँगै कोचका कारण आफू यस स्थानका आईपुगेको बताउँदै यस शो को आगामी यात्राका लागि तपाईहरुको साथ (भोट) को आवश्यक रहेको उनले धादिङपोष्टलाई बताईन् ।
केहि महिना अघि सम्पन्न भएको The Voice of Nepal Season 6 धादिङ कै प्रसेश पाण्डेले देश विदेशमा चर्चा बटुल्दै भोटिङ कै माध्यमबाट जितेका थिए भने स्वरकी धनी सानी धादिङको चेली दिलिजा ‘द भ्वाइस किड्स’ चौंथो सिजनको भोटिङ राउण्डमा पुगेकी छिन् ।

