धादिङमा साउन १ गते गणित शिक्षकका लागि तालिम हुने

Avatar photo
Dhadingpost
असार २५, २०८२

धादिङ । धादिङ जिल्लाभर छरिएर रहेका माध्यामिक तहमा गणित विषयमा अध्यापन गराई रहेका शिक्षकहरुका लागि साउन १ गते Professional Development तालिम हुने भएको छ ।

विगतका वर्षहरुमा गणित शिक्षा परिषदले मात्रै यस्तो तालिमको आयोजन गर्ने गरेपनि आगामी साउन १ गते हुने उक्त तालिमको आयोजनामा दुई संस्था प्याब्सन र एनप्याब्सन समेत थपिएका छन् । तालिममा अतिरिक्त गणित विषयको परिवर्तित पाठ्यक्रम थपघट गरिएका विषयवस्तुको छलफल, प्रश्नपत्र निर्माण प्रक्रिया, गणितमा प्रविधिको प्रयोगका विषय समेटिने जनाईएको छ ।

Read More publication का डीआर सिंखडाले सहजिकरण गर्ने उक्त तालिम लिन इच्छुक माध्यामिक विद्यालयमा अध्यपन गराईरहेका शिक्षकहरुले फर्म भर्नुपर्ने जनाईएको छ ।

तालिमबारे थप जानकारी लिन परिषदका अध्यक्ष एवम् एन प्यब्सन अध्यक्ष प्रयास रेग्मी 9851160576, दिनेश भट्ट प्याब्सन 9851204483 र परिषदका सचिव उत्तम भट्ट 9849862068 लाई सम्पर्क गर्न सकिने जनाईएको छ ।