
धादिङ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद ( एनआरएनए) पोर्चुगलको अधिबेशनमा माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्चबाट ६ पदाधिकारी सहित ७ जना निर्विरोध निर्वाचित भएका छन् ।
जनप्रगतिशील मञ्चबाट निर्विरोध निर्वाचित हुनेमा आईसीसी सदस्यमा सरिता शर्मा, चितवन, उपाध्यक्षमा नृपेश गिरी धनुषा, उनी माओवादी केन्द्र निकट बुद्धिजीवि संगठन मधेश प्रदेशका सचिव समेत हुन् उनी व्यवसायको सिलसिलामा पोर्चुगलमा छन् । यस्तै महासचिवमा धादिङका गोविन्द बुढाथोकी, सचिवमा सुवास पौडेल लमजुङ, उनी रेष्टुरेन्ट व्यवसायी हुन्, सह–कोषाध्यक्षमा प्रभा अधिकारी गुल्मी, लेखा संयोजकमा सुरेश गिरी सिन्धुपाल्चोक र सदस्यमा विनोद केसी काभ्रे उनी पनि रेष्टुरेन्ट व्यवसायी हुन् रहेका छन् ।
अध्यक्षमा ५ जना र कोषाध्यक्षमा २ जना प्रतिपर्धामा छन् उनीहरु सबै कांग्रेस निकट रहेको बताईएको छ । सहमतिको प्रयासका लागि जुन ८ सम्म समय दिईएको र सहमतिमा नआए जुन ९ मा अनलाईन भोटिङ हुने बताईएको छ ।


