नेपालको सबैभन्दा ठूलो टी–१० एनएसपीएल असोजमा हुने

Avatar photo
Dhadingpost
असार २४, २०८२

काठमाडौं । डीजीआर स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.ले असोज १५ देखि २४ गतेसम्म काठमाण्डौको तल्लो मूलपानी मैदानमा नेपालको सबैभन्दा ठूलो टी–१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) गर्ने भएको छ ।

सात टोलीको सहभागिता रहने प्रतियोगितामा कुल २४ खेल हुनेछ । प्रतियोगितामा सिंगल राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा हुनेछन् । लिगको शीर्ष चार टोली सेमिफाइनलमा पुग्ने एनएसपीएलका अध्यक्ष ज्ञानु सिंहले बताए ।

प्रतियोगिताको विजेता टोलीले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले ११ लाख रुपैयाँ प्राप्त गर्नेछ । एनएसपीएलले अभिनेता निखिल उप्रेतीलाई आफ्नो ब्राण्ड एम्बेसेडरको रूपमा घोषणा गरेको छ ।