एनआरएनए पोर्चुगलको महासचिवमा गोविन्द बुढाथोकीको उम्मेद्वारी

Avatar photo
Dhadingpost
असार २०, २०८२

धादिङ । धादिङमा रहँदा प्याब्सन धादिङ, रोटरी क्लव अफ धादिङ एड्भान्स एकेडेमी लगायतका संस्थाहरुको नेतृत्व गरिसकेका गोविन्द बुढाथोकी यहि जुन ७ गते हुने एनआरएनए पोर्चुगलको महासचिव पदमा उम्मेद्वारी दिएका छन् ।

एनआरएनए पोर्चुगलमा हाल दुईवटा अलग संरचना सक्रिय रहेका छन् । दीपा काफ्ले नेतृत्वको पक्षले औपचारिक निर्वाचन प्रक्रिया मार्फत संस्थागत एकता र पारदर्शितालाई सुदृढ गर्न जुन ६ र ७ मा अधिवेशनको आयोजना गरेको हो ।

बुढाथोकी सँग महासचिव पदमा सरस्वती तिमिल्सिना खनालले प्रतिस्पर्धा गर्ने छिन् ।

नेपाली जन प्रगतिशील मञ्च, पोर्चुगलको महासचिव समेत रहेका बुढाथोकीले आफ्नो संगठनका तर्फबाट पाँच उपाध्यक्ष मध्य एक जना र महासचिवमा आफुले उम्मेद्ववारी दिएको बताए । सहमति कै आधारमा अधिवेशन सम्पन्न गर्ने आफ्नो संगठनको अधिकतम प्रयास स्वरुप उम्मेद्वारी दिईएकोले अन्य संगठनहरुले पनि सहमती कार्यान्वयन गर्नेमा आफु ढुक्क रहेको उनले बताए । तथापी मतदान भयो भनेपनि आफुले जित्नेमा ढुक्क रहेको उनले धादिङपोष्टलाई बताए ।