
धादिङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) धादिङमा आबद्ध १५ विद्यालयहरुबाट यस वर्षको एसइई परीक्षामा ८७.४६ प्रतिशत विद्यार्थी उत्तिर्ण अर्थात ग्रेडेड भएका छन् ।
एसइई परीक्षा २०८१ मा प्याब्सन धादिङमा आवद्ध विद्यालयहरुबाट ३१९ जना विद्यार्थी सहभागी थिए जस मध्य ४० जना नन ग्रेड परेका छन् भने अन्य उत्तिर्ण भएका हुन् ।
प्याब्सन धादिङ जिल्लाका सचिव भीम बहादुर श्रेष्ठका अनु्सार प्याब्सन धादिङमा आवद्ध चारवटा विद्यालय (मुनाल ऐकेडेमी, राइजिङ स्टार इङ्लिस बोर्डिङ स्कुल, सल्यानटार बालविकास इङ्लिस बोर्डिङ स्कुल र ब्राइट फ्युचर इङ्लिस बोर्डिङ स्कुल) ले शत प्रतिशत विद्यार्थी उत्तर्णि गराउन सफल भएका छन् ।
प्याब्सन अध्यक्ष दिनेश भट्टले जिल्लामा रहेका संस्थागत विद्यालयहरुले नतिजा शतप्रतिश ल्याउने लक्ष्य राखेको भएपनि यो पटक सम्भवन नभएको तर हालको नतिजाले पनि संस्थागत विद्यालयहरुलाई उत्साहित बनाएको बताए। अर्को वर्ष शतप्रतिशत नतिजा हात पार्नका लागि प्याब्सनले योजनागत तयारी गरि रहेको समेत उनले बताए ।
अध्यक्ष भट्टले आफु नेतृत्वमा आएपछि कक्षा सिकाईसँगै हरेक महिना फरक फरक विषयमा अतिरिक्त क्रियाकलापमा पनि जोड दिँदै आएको भन्दै संस्थागत विद्यालयको गुणस्तरियतामा कुनै सम्झौता नहुने प्रतिवद्धता बताए। यसवर्ष देशभरको समग्र नतिजा ६१ प्रतिशत रहेको छ भने धादिङ जिल्लाको ६२.७७ प्रतिशत रहेको छ ।
