
धादिङ । प्याब्सन धादिङको आयोजनामा तथा अस्मिता पब्लिकेशनको सहयोगमा सामाजिक शिक्षकहरूको लागि एक दिवसीय पेशागत विकास कार्यशाला सम्पन्न भएको छ ।
३५ जना भन्दा बढी सामाजिक विषयका शिक्षकहरूको सहभागिता रहेको उक्त कार्यशालामा सामाजिक शिक्षाको पुस्तकका लेखक युवराज गौतमले सहजिकरण गरेका थिए ।
बागमती प्रदेशका उपाध्यक्ष विनोदमान श्रेष्ठको प्रमुख आतिथ्यता, अस्मिता पब्लिकेशनका प्रबन्ध निर्देशक सुभोद रेग्मीको विशेष आतिथ्यता भएको कार्यशालमा सहभागिहरुलाई, प्याब्सन धादिङका उपाध्यक्ष टिका थपलिथ, प्याब्सन धादिङका सचिव भीमबहादुर श्रेष्ठले प्रमाणपत्र वितरण गरेका थिए ।
प्याब्सन धादिङले गुणस्तरीय शिक्षामा सुधार ल्याउन तथा प्रविधिको प्रयोगमार्फत शिक्षण सिकार्इ क्रियाकलापलाई अझ प्रभावकारी बनाउन आफ्ना शिक्षकहरूलाई यस्ता तालिम तथा कार्यशालामा सहभागी गराउँदै आएको छ ।
