धादिङको त्रिपुरासुन्दरीले ल्यायो २०८२/०८३ का लागि वजेट

Avatar photo
Dhadingpost
असार ९, २०८२

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले १५ औं गाउँ सभा मार्फत आगामी वर्ष २०८२–०८३ का लागि अनुमानित ६४ करोड ९० लाखको बजेट ल्याएको छ ।

आईतबार सम्पन्न गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिका प्रमुख राजु उप्रतीले ०८३ सम्म पालिकाका सबै वडा कार्यालय सम्म सडक कालो पत्रे गरिने जनाएका छन् भने शिक्षा, स्वास्थ्य र कृषिलाई वजेटले मुख्य रुपमा हेरेको बताएका थिए ।

उप्रेतीद्वारा प्रस्तुत नीति तथा कार्यक्रमका केहि अंश
“हराभरा त्रिपुरासुन्दरीको आधार, विस्तृत सिचाई सहितको पूर्वाधार” निमार्ण
चार “म” प्राङ्गगारिक मल, माटो, मास र मौरीलाई प्रबर्धन गर्ने नीति अख्तियार गरिने
कृषि एम्बुलेन्स संचालन गर्न आवश्यक पहल गरिने
“दिवा खाजामा रैथाने बाली, एक विद्यालय एक करेसा बारी” अभियान
घैया धान, चैते धान, मकै, कोदो, तिल, भट्टमास, स्थानीय गोलभेंडा, लसुन आदिको संरक्षण तथा प्रबर्धन गरिने
विद्यार्थी तथा अभिभावक सँग जनप्रतिनीधि कार्यक्रम संचालन गर्ने

अनुमानित बजेट प्रस्तुत गर्दै उप प्रमुख देवराज धरेलले सेवा प्रवाहलाई चुस्त, पारदर्शी एवं प्रभावकारी बनाउदै प्रविधिमैत्रि सेवा प्रवाह विस्तार गर्न, शिक्षा, स्वास्थ्य, खानेपानी सिंचाई एवं सडक तथा पूर्वाधार निर्माणमा लगानी वृद्दि गर्न, रोजगारी सिर्जना, गरिवी निवारण, आयआर्जनमा वृद्दि, पर्यटन प्रवर्धन, दिगो तथा गुणस्तरिय भौतिक पूर्वाधारको विकास, सबै वर्ग, क्षेत्र, लिङ्ग एवं समुदायलाई सम्बोधन गर्ने गरि वजेट ल्याईएको दावी गरका थिए ।

धरेलले माध्यामिक शिक्षा निशुल्क कार्यलाई निरन्तरता दिन २० करोड ८१ लाख स्वास्थ्यमा सहज पहुँचका लागि ५ करोज ८० हजार, लक्षित समुदायको जिविको पार्जन कार्यक्रमलाई ५५ लाख २२ हजार, खेलकुदलाई २५ लाख, पूर्वाधार विकास तर्फ २५ करोड ६७ लाख, प्रत्यक वडालाई ४० लाख (दुई करोड ८० लाख) र विपद कोषका लागि ५८ लाख विनियोजन गरिएको जनाएका छन् । तस्वीरः दिलिप श्रेष्ठ

x