
धादिङ । काठमाडौंको कुलेश्वरमा मन्डली फ्रुट सेन्टर संचालन गरिरहेका धादिङका पुरुषोत्तम घिमिरेले धादिङबेसी पछि कलंकीमा शाखा विस्तार गरेका छन् ।
स्वदेशी तथा विदेश ताजा फलफुलहरु होलसेल मुल्यमा प्रदान गर्दै आई रहेका घिमिरेले डेलीभरी सुविधा सहित धादिङबेसीमा पनि होलसेल पसल मन्डली फ्रुट एण्ड भेजिटेबल सप्लायर्स शाखा खोलेका हुन् भने कलंकीमा ताजा जुस हव संचालनमा ल्याएका हुन् ।
धादिङबेसीको होलसेल शाखा मण्डली फ्रुट एण्ड भेजिटेबल सप्लायर्स साँघुटारमा रहेको छ भने कलंकीको ताजा जुस हव सहिद मेमोरियलको पछाडी, चोकमा रहेको छ ।
घिमिरेले आफ्नो व्यवसायबाट भएको आम्दानीको निश्चित प्रतिशत छुट्याएर सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका छन ।
