
धादिङ । नेपाल तेक्वान्दोको संघको आयोजनामा पहिलो पटक भएकाे एनटिए नेसनल टिम च्याम्पियनसिप २०२५ मा धादिङ टिम तृतीय भएकाे छ ।
धादिङ जिल्लाबाट ३–३ जनाको दुई टिमले भाग लिएका थिए । धादिङ तेक्वान्दो संघका सह सचिव गौतम श्रेष्ठका अनुसार टिम थियाे । धादिङबाट आयुष तामाङ ४८ केजी, पावल तामाङ ५१ केजी, प्रदिप तामाङ ४५ केजी एउटा टिम र डेमोन तामाङ ३९ केजी, सुमन घले ५३ केजी, विजय तामाङ ५२ केजी अर्को टिमबाट खेलेका थिए ।
श्रेष्ठका अनुसार यस राष्ट्रिय स्तरको टिम फाईट प्रतियोगितामा देश भरका करिब ७०० जना तेक्वान्दो खेलाडीहरुले सहभागिता जनाएका थिए ।
प्रतियाेगितामन अल्फा डाेजाङ काठमाडौं प्रथम, चितवन द्वितीय र धादिङ तृतीय भएका थिए ।
