नुवाकोट धादिङ रसुवा समाज कुवेतले सांस्कृतिक कार्यक्रम गर्दै

Avatar photo
Dhadingpost
असार २६, २०८०

जिलिब । नुवाकोट धादिङ रसुवा समाज, कुवेतको छैटौं वर्षिक उसत्वको अवसरमा यहि जुलाई १४ का दिन सांगीतिक धमका हुने भएको छ ।

जुलाई १४ का दिन बिहान ११ बजे ईन्डिया सेन्ट्रल स्कुल जिलिब कुवेतमा हुने उक्त कार्यक्रममा कलाकारहरु किर्ति तामाङ, टंक तिमल्सिना, सुमन घले, छिरिङ तामाङ, विश्वपासा तामाङ, सेट्टी घले, डान्सर मोडलहरु मिना ग्लोन तामाङ, मनिशा तामाङ, हरिमायाँ वाईवा, हास्य तर्फ पूर्ण बहादुर तामाङ लगायतको प्रस्तुती रहने बताईएको छ ।

”आपसी एकता हाम्रो उदेश्य, समृद्धि समाज निर्माण हाम्रो लक्ष्य” भन्ने मुल नाराका साथ सन २०१७ मा स्थापन भएको यस नुवाकोट धादिङ रसुवा समाज कुवेतले नियमित रुपमा आफ्नो गतिविधिहरु गर्दै आएको छ ।