धादिङमा जारी कबड्डीको भोली हुने फाईनलमा यी टिम भिड्दै

Avatar photo
Dhadingpost
असार २, २०८०

धादिङ । धादिङ कबड्डी क्लवकोआयोजनामा जारी धादिङ जिल्ला स्तरीय खुल्ला कबड्डी प्रतियोगिताको फाईनल भोली (आईतबार) हुने आयोजकले जनाएको छ ।

महिला ६ टिम र पुरुष १० टिम गरि १६ टिम बीच प्रतिस्पर्धा भएको यस प्रतियोगितामा महिला तर्फको सेमिफाईनल सकिएको छ भने पुरुष तर्फको सेमिफाईनल खेल भोली नै हुने बताईएको छ । महिला तर्फ आज भएको सेमिफाईनलमा बालमन्दिर मावि VS न्यू किबो बोर्डिङ र धादिङ कबड्डी क्लव VS नीलकण्ठ मावि बीच भएको प्रतिस्पधामा बालमन्दिर मावि VS नीलकण्ठ मावि फाईनल प्रबेस गरेका छन् ।

महिला तर्फ भोली हुने फाईनल खेल
बालमन्दिर मावि VS नीलकण्ठ मावि
पुरुष तर्फ भोली हुने सेमिफाईनल खेल
इन्द्राणी युथ क्लव गजुरी VS राईजिङ कबड्डी क्लव धादिङबेसी
धादिङ कबड्डी क्लव VS न्यू किबो बोर्डिङ धादिङबेसी

प्रतियोगितामा विजेता पुरुष टिमले ५० हजार र उपविजेताले ३० हजार, महिला विजेता टिमले ३० हजार र उपविजेता टिमले २० हजार पाउने छन् ।

प्रतियोगितामा यी टिमले भाग लिएका थिए
पुरुष तर्फ
नीलकण्ठ बहुमुखी क्याम्पस, राईजिङ कबड्डी क्लव, बाल मन्दिर, सुनौलो भैरबी मावि, न्यू किबो बोर्डिङ, बेनीघाट रोराङ गाउँपालिका, गजुरी गाउँपालिका, कबड्डी क्लव धादिङ, देउराली मावि, इन्द्राणी युथ क्लव गजुरी
महिला तर्फ
बाल मन्दिर मावि, कबड्डी क्लव धादिङ, बेनीघाट रोराङ गाउँपालिका, सुनौलो भैरबी, न्यू किबो बोर्डिङ, नीलकण्ठ मावि