नवौं सगरमाथा अन्तर्राष्ट्रिय करातेमा धादिङलाई २ स्वर्ण

Avatar photo
Dhadingpost
जेष्ठ २०, २०८०

धादिङ । काठमाडौको लैनचौरमा सम्पन्न नवौं माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप २०२३ मा धादिङका करण गुरुङ र सुदिप श्रेष्ठले स्वर्ण पदक जित्न सफल भएका छन् ।

धादिङबाट सहभागि अन्य खेलाडीहरु सचिन तामाङ ३५ केजी तर्फ रजत, ५० केजी तर्फ राजिव गुरुङ, विनोद श्रेष्ठ, ८४ केजी तर्फ आयुष तामाङ, ५० केजी तर्फ पुनम घलेले कास्य पदक जितेका छन् । प्रतियोगितामा भारत, बंगलादेश, श्रीलंकासहित ८ देशले सहभागीता जनाएका थिए ।

विभिन्न तौल समुह र एकल काता गरी १२ ईभेन्टसमा कुल २५ स्वर्णका निम्ति प्रतिस्पर्धा भएको प्रतियोगिता संयोजक एबम् शाखा डोजो नक्सालका प्रमुख प्रशिक्षक अन्तराष्ट्रिय रेफ्री गजेन्द्र बहादुर खपाङगी ’ईश्वर’ ले जानकारी दिए ।