रेडक्रस धादिङको सभापतिमा सर्व सम्मत दुर्लभ तामाङ निर्वाचित हुँदै

Avatar photo
Dhadingpost
फाल्गुन ९, २०७९

धादिङ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङको सभापति दुर्लभ तामाङ बन्ने निश्चित जस्तै भएको छ । १६८ जना प्रतिनीधिहरु सहभागि धादिङ रेडक्रसको हिजो देखि सुरुभएको ३६ औं साधारणसभा तथा १२ औं अधिबेसनमा आज आज नयाँ कार्य समिति चयन हुँदैछ ।

आज हुने निर्वाचनमा दुर्लभ तामाङ निर्विरोध सभापति बन्ने लगभग सहमति जुटेको बताईएको छ । अन्य पदहरुमा पनि मतदान नहुने गरि छलफल अगाडी बढेको निवर्तमान सभापति नारायण तिमल्सिनाले धादिङपोष्टलाई बताए ।

अधिवेशनमा सहभागि १६८ जना प्रतिनीधिहरु मध्य १८ जना एकीकृत समाजवादी निकट, १० कांग्रेस निकट, ९ एमाले निकट, २ राप्रपा निकट, २ बाबुराम भट्टराईको नेपाल समाजाजबादी पार्टी निकट र यी बाहेक अरु प्रतिनीधिहरु माओवादी केन्द्र निकटका छन् ।

राजनीतिक तहमा छलफल भए सँगै सभापतिको लागि माओवादी केन्द्रले दुर्लभ तामाङलाई सिफारिस गरेको छ भने कांग्रेसले, राप्रपा, नेपाल समाजाजबादी पार्टीले १–१ सदस्य सिफारिस गरि सकेको र एमालेले २ सदस्य दावी गर्दा एमाले बाहेकको गठबन्धनको सहमतिमा धादिङ रेडक्रसको नयाँ कार्यसमिति बन्ने तर्फ उन्मुख भएको बताईएको छ ।

११ औं अत्रिवेशनमा सभापतिमा नारायण तिमल्सिना, उप सभापतिमा शान्तिकुमारी श्रेष्ठ र डोलबहादुर अधिकारी मन्त्रीमा दुर्लभ कुमार तामाङ, उपमन्त्रीमा नारायण कुमार श्रेष्ठ र उप कोषाध्यक्षमा केशव अधिकारी निर्विरोध निर्वाचित भएका थिए भने कोषाध्यक्ष सहित अन्य पदमा निर्वाचन भएको थियो ।