
धादिङ । एकीकृत अखिल नेपाल शिक्षक संगठन (एन्टो) बागमती प्रदेशको आज सिन्धुलीमा सम्पन्न दोस्रो अधिवेशनबाट धादिङका शंकर अधिकारी अध्यक्षमा चयन भएका छन् ।
माओवादी केन्द्रका उपाध्यक्ष एवं निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिबेशनबाट धादिङका शंकर अधिकारी अध्यक्ष रहने गरि ५५ सदस्यीय प्रदेश कमिटी चयन गर्दा धादिङबाट सदस्यहरुमा दामोदर भट्ट, सुरेश बस्नेत र मोहन कोईरालाचयन भएका छन् ।
