
धादिङ । धादिङबेसी स्थित नीलकण्ठ माध्यामिक विद्यालयले आयोजना गरेको भिमसेन श्रेष्ठ स्मृति कप भलिबल प्रतियोगिता सुरुभएको छ । आज एक समारोहका बीच संघीय सांसद रामनाथ अधिकारीले उक्त प्रतियोगिता उद्घाटन गरे सँगै सुरुभएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रदेश सांसद गोविन्द लम्सालको सभापतित्वमा भएको उद्घाटन समारोहमा विद्यालका प्राधानाध्याक ध्रुव अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने, संघीय सांसद रामनाथ अधिकारीको प्रमुख आतिथ्यता तथा माओवादी केन्द्र नेता रामबहादुर भण्डारी नेकपा एमालेका सचिव अर्जुनकुमार श्रेष्ठ गोर्खाली लगायतको आतिथ्यता रहेको थियो ।
नीलकण्ठ माध्यामिकले विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमसेन कुमार श्रेष्ठको स्मृतिमा आयोजना गरेको नीलकण्ठ नगरपािलका कक्षा १२ सम्मका विद्यार्थीले भाग लिन सक्ने उक्त भलिबल प्रतियोगितामा ११ वटा टिमले भाग लिएका छन् ।
आज भएको ४ खेल मध्य पहिलो खेलमा चिन्ड्रेनपार्क आवासिय माविले जनस्वास्थ्य प्राविधिक विद्यालयलाई , दोस्रो खेलमा पशुपति माविले देउराली माविलाई , तेस्रो खेलमा एड्भान्स एकेडेमीले बालमन्दिरलाई र चौथो खेलमा नीलकण्ठ माविले प्रकाश माविलाई पराजित गरेको थियो ।
प्रतियोगिताको दोस्रो दिन ८ खेल हुने छन् भने बाँकी खेल सहित प्रतियोगिताको समापन फागुन ९ गते हुनेछ । प्रतियोगितामा प्रथम पुरस्कार ३० हजार, दोस्रो पुरस्कार २० हजार र तृतिय पुरस्कार १३ हजार रहेको छ ।

