जलकन्याको २५ औं वार्षिक उत्सव मनाईयो

Avatar photo
Dhadingpost
फाल्गुन ५, २०७९

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका १० ताक्थलीमा रहेको जलकन्या प्राथमिक विद्यालयको २५ औं वार्षिक उत्सव तथा रजत जयन्ती भव्य रुपमा मनाईएको छ ।

वार्षिक उत्सव तथा रजत जयन्ती समारोहका प्रमुख अतिथि एवम् गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर डल्लाकोटीले शुभकामना मन्तव्य राख्दै, निःशुल्क शिक्षा, गुणस्तरीय शिक्षा गाउँपालिकाको पहिलो सर्त भएको बताएका थिए । यस विद्यालयबाट पास भएर अन्त गएका विद्यार्थी ट्यालेण्ट हुनुप¥यो त्यता तर्फ ध्यान दिन उनले आग्रह गरेका थिए ।

वडा जम्बर १० का वडाध्यक्ष विकास प्रजा, गाउँपालिकाका विद्यालय स्रोत व्यक्ति रामेश्वर पोखरेल लगायतको आतिथ्यता रहेको उक्त कार्यक्रममा विद्यार्थीहरुले गित तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।