बेनीघाट रोराङको रिचोक पोखरीमा जनयुद्ध दिवस मनाईने

Avatar photo
Dhadingpost
माघ २९, २०७९

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका स्थित रिचोक पोखरीमा अमृत उज्वल स्मृति मञ्चले फागुन १ गते सांस्कृतिक कार्यक्रमका साथ जनयुद्ध दिवस मनाउने भएको छ ।

माओवादी केन्द्र धादिङका इन्चार्ज एवम्ु मागमती प्रदेश सरकारका मुख्य मन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यता रहने उक्त कार्यक्रममा श्याम राना, सुमन थापामगर, मनिष पीएम, उमेश विक लगायतका कलाकारहरुको समेत प्रस्तुती रहने बताईएको छ ।

अमृत उज्वल स्मृति मञ्चले हरेक वर्ष फागुन १ गते यस ठाउँमा जनयुद्ध दिवस मनाउँदै आएको छ ।