धादिङका राम तामाङको भोटे कुकुर प्रथम

Avatar photo
Dhadingpost
माघ २९, २०७९

धादिङ । ललितपुरको खेल मैदानमा शनिबार तेह्रौँ ग्राण्ड ‘डग शो’ मा धादिङका राम तामाङको लोपउन्मुख भोटे कुकुर प्रथम भएको छ । ‘ग्रान्ड डग सो’ मा विभिन्न जातको २७५ वटा कुकुर बीच प्रतिस्पर्धा पनि गराइएको थियो । यसले कार्यक्रमलाई रोचक बनाएको थियो । कुकर धनीहरू आ-आफ्ना कुकुर लिएर कार्यक्रम स्थलमा पुगेका थिए यो पङ्तीमा धादिङका राम तामाङ पनि आफ्नो कुकुर लिएर समावेस थिए ।

प्रतिस्पर्धामा धादिङका राम तामाङको लोपउन्मुख भोटेकुकुर प्रथम, जर्मन सेफड दोस्रो र गोल्डेन रिटिभर तेस्रो भएको थियो । विजयी कुकुरहरूलाई कप, मेडल, प्रमाणपत्र, मिठो खानेकुरा प्रदान गरिएको थियो । कुकुरको हिडाइ, दाँत, सरसफाई लगायत मापदण्ड बनाएर निर्णय गरिएको थियो । निर्णायक भूमिकामा सबै जातका कुकुरको आहार, व्यवहारबारे दख्खल राख्ने कोमल धानालाई भारतबाट झिकाइएको थियो ।