बेनीघाट रोराङ ७ ले जेष्ठ नागरिकलाई तिर्थ यात्रा गराउने

Avatar photo
Dhadingpost
माघ १५, २०७९

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ७ ले आफ्नो वडामा रहेका जेष्ठ नागरिकहरुलाई तिर्थ यात्रा गराउने भएको छ । ६८ बर्ष माथिको उमेर समुहका जेष्ठ नागरिकहरु लाई २ दिने तिर्थ यात्रा कार्यक्रम तय भएको वडा अध्यक्ष कुमार बस्नेतले बताए ।

स्वर्गद्वारी प्युठान, लुम्बिनी, पोखरा मध्य कुन ठाउँ जान इच्छुक हुनुहुन्छ भनेर सूचना मार्फत सोधेका छौं जेष्ठ नागरिकहरुले माघ २५ गते सम्म ठाउँ रोज्न पाउने छन् । आएको सुझाव अनुसार बहुमतको रोजाईको स्थलमा लगिने उनले बताए । बेनीघाट रोराङ ७ को अध्यक्षमा अत्याधिक मतान्तरले विजयी भएका माओवादी केन्द्रका नेता समेत रहेका कुमार बस्नेत हरेक उमेर समुहका नागरिकहरुलाई लक्ष्यित गर्दै कार्यक्रमहरु बनाईरहेका छन् ।

आफ्नो चुनावी प्रतिस्पर्धी एमाले-कांग्रेसका उम्मेदवारको जमानत जफत हुने गरि जितेका बस्नेत जनताको हरेक समस्यमा पुग्ने स्थानीय नेता मध्य पर्ने गर्दछन् । वडाध्यक्षमा माओवाधीका बस्नेत प्रतिस्पर्धी भन्दा ९८३ मतको अन्तरले विजयी भएका थिए । जम्मा खसेको मत १३४२ मध्य कुमारले १०८० मत पाएका थिए, भने उनको प्रतिस्पर्धी कांग्रेसका होमनाथ थपलियाले ९७ मत, एमालेका तेजबहादुर त्रिपाठीले ९० मत र राप्रपाका केदार नाथ उप्रेतीले २० मत मात्रै ल्याएका थिए ।