
धादिङ । धादिङबेसी स्थित चिल्ड्रेनपार्क आवसीय माध्यमिक विद्यालयले आफ्नो २५ औँ वार्षिक उत्सव तथा रजत जयन्तीको अवसरमा आयोजना गरेको नीलकण्ठ नगरपालिकाका अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगितामा नीलकण्ठ मावि प्रथम र एड्भान्स एकेडेमी दोस्रो बनेका छन् ।
नीलकण्ठ मावि, एड्भान्स एकेडेमी, सुनौलो भैरवी मावि, पशुपति मावि, प्रकाश मावि, पंचकन्या मावि, गैरि गाउँ मावि, मनरुपी मावि, पाल्पा सामरीभञ्जाङ माविले भाग लिएको यस प्रतियोगितामा नीलकण्ठ पहिला, एड्भान्स दोस्रो र सान्तोना सुनौलो भैरवी मावि भएका हुन् । उनीहरुलाई क्रमस १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार प्रदा गरिएको थियो भने सहभागी सबै विद्यालयलाई १–१ हजार प्रदान गरिएको थियो । चिल्ड्रेनपार्क आयोजक विद्यालय भएका कारण प्रतियोगितामा भाग लिएको थिएन ।
चिल्ड्रेनपार्कको २५ औँ वार्षिक उत्सव तथा रजत जयन्तीको अवसर माघ ९ गते धादिङबेसी बजार क्षेत्र सरसफाई, माघ १० गते रक्तदान र आज नृत्य प्रतियोगिता भयो भने माघ १२ गते अभिभाव नृत्य र रजत जयन्ती समारोह हुने विद्यालयका प्रिन्सिपल शष्टी श्रेष्ठले धादिङपोष्टलाई बताए ।
बागमती प्रदेशका सांसद गोविन्द लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न आज भएको अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगितामा हास्यकलाकार निरु खड्का, छिमेकी विद्यालयका प्रधानाध्यापक, समाजसेवीहरुको आतिथ्यता रहेको थियो ।







