क्रसर उद्योग बन्द हुँदैन खुल्छ –प्रचण्ड

Avatar photo
Dhadingpost
माघ ८, २०७९

धादिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अव क्रसर उद्योग एक दुई दिनमा नै दर्ता गर्न केहि समय दिईने गरि खुल्ने बताएका छन् । सरकारले दिएको समय सिमाभित्र व्यवसायीले दर्ता प्रक्रियामा जान समेत प्रचण्डले आग्रह गरेका थिए ।

नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले निर्वाचनमा उम्मेदवारले समयमा नै खर्च विवरण नबुझाउँदा लाग्ने जरीवाना मिनाह र क्रसर उद्योग सन्चालन गर्न आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाए सँगै प्रचण्डले क्रसर उद्योग बारे उक्त भनाई व्यक्त गरेका हुन् ।

निर्वाचनमा उम्मेदवारले समयमा नै खर्च विवरण नबुझाउँदा लाग्ने जरीवाना मिनाहको विषयमा चाहि प्रधानमन्त्री प्रचण्डले आगामी मन्त्रिपरिषद बैठकबाट निर्णय गरेर राष्ट्रपतिकोमा पठाउने बताएका थिए ।