
धादिङ । फुटबल संघ (एन्फा) धादिङ को अध्यक्षमा रमेश अधिकारी चयन भएका छन् भने कोचमा रवि भण्डारी नियुक्त हुने भएका छन् ।
जिल्ला अध्यक्ष दिपक खतिवडा केन्द्रिय उपाध्यक्षमा निर्वाचित भएकोले आज सम्पन्न एन्फा धादिङको बैठकले कार्यवहक अध्यक्षका रुपमा रमेश अधिकारीलाई तोकेको हो भने धादिङका एन्फा कोच दिपक राना जापानमा रहने भएकोले नयाँ कोचका रुपमा रवि भण्डारीलाई नियुक्त गर्ने निर्णय गरिएको महासवि रामहरि थापाले धादिङपोष्टलाई बताए ।
महासचिव थापाका अनुसार वैठकले एन्फा धादिङको प्रवक्तामा किरण पाठक र सचिवमा सचिवमा उपेन्द्र लामालाई चयन गरेको छ । यस्तै अब जिल्लामा हुने फुटबलहरु फुटबल संघ संघ सहकार्य गरेर गर्न पालिकाहरुलाइृ सर्कुलर गर्ने निर्णय गरेको छ ।
