धादिङ थर्डको लागि सिन्धुपाल्चोक सँग खेल्ने

Avatar photo
Dhadingpost
माघ ६, २०७९

धादिङ । रामेछाप जारी नेकोस बागमती प्रदेश अन्तरगतका जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगितामा सेमिफाईनलमा पराजित भए सँगै धादिङ थर्ड पोजिसनका लागि सिन्धुपाल्चोक सँग शनिबार बिहान ८ बजे खेल्ने भएको छ ।

पहिलो चरणमा नुवाकोटलाई पराजित गरेको धादिङ सिन्धुली सँग हार्दा ग्रुप उपविजेता हुँदै क्वाटर फाईनल पुगेको थियो । आज बिहान भएको क्वाटर फाईनलमा दोलखा लाई १-२ को सेट मा पराजित गर्दै सेमिफाईनल प्रवेस गरेको धादिङ रामेछाप सँग पराजित हुँदा थर्डको लागि सिन्धुपाल्चोक सँग खेल्ने भएको हो । फाईनलमा रामेछाप र चितवन भिड्ने छन् ।

प्रतियोगितामा बागमती प्रदेशका १३ जिल्लाका १३ टिमले भाग लिएका छन । एक टिममा १२ जना खेलाडी सहभागी भएकोे प्रतियोगितामा १ सय ५६ जना खेलाडीको सहभागीता रहेको आयोजकले जनाएको छ । चार दिनसम्म चल्ने यो प्रतियोगिताको विजेता टोलीले २ लाख नगदसहित, सिल्ड, मेडल र प्रमाणपत्र पाउने छ । त्यस्तै द्वितीय, तृतीय र चौथो हुनेले क्रमशः १ लाख, ५० हजार र ३० हजार नगद, सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।

प्रत्येक सहभागी समूहलाई सहभागी भएबापत प्रतिसमूह २५ हजार र सेमी फाइनलमा पुगेका समूलाई थप रु २५ हजार आयोजकले दिने योजना रहेको नेपाल खेलकुद महासङ्घ बागमती प्रदेशका अध्यक्ष सीताराम कार्कीले बताए । उनका अनुसार कूल रु ३६ लाख ४१ हजार लागत लाग्ने अनुमान गरिएको