धुवाँकोट माने भञ्ज्याङमा माघ ८ गते ल्होछार विशेष सांस्कृतिक हुने

Avatar photo
Dhadingpost
माघ ४, २०७९

धादिङ । धादिङको नीलकण्ठ १४ धुवाँकोट स्थित माने भञ्ज्याङमा रहेको जनआवाज खेल मैदानमा यहि माघ ८ गते मञ्जुश्री सम्वत् २८५९ औँ ह्योइ तावर ल्हो बिरालो वर्ग सोनाम ल्होछार तथा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

लामा रिन्जेन छ्यो डुब्लिङ गुम्बा समिती र जनआवाज युवा क्लवको संयुक्त आयोजनामा हुने उक्त ल्होछारको अवसरमा हुने उक्त सांस्कृतिक कार्यक्रममा चर्चित म्हेन्दोमाया गायिका मिना लामा, सीता लामा, म्हेन्दोमाया क्षेत्रका चर्चित गायक राम गोम्जा, चर्चित मोडल निया तामाङ र देब दोर्जे तामाङ आउने आयोजक संस्थाका डम्बर तामाङले धादिङपोष्टलाई बताए ।

सुन्दर र रमणिय ठाउँ भञ्ज्याङमा हुने उक्त कार्यक्रममा स्थानीय लामा तथा झाँक्री नाचहरु घोडा नाँच, चेमा नाँच, लाली नाँच प्रर्दशनी हुने उनले बताए ।