बेनीघाट रोराङमा राष्ट्रपति रनिङ शिल्ड र सहिद स्मृति कप यसरी भयो सुरु

Avatar photo
Dhadingpost
माघ ३, २०७९

धादिङ । धादिङको बेनीघाट रोराङले आजबाट ३ दिन सम्म चल्ने गरि माध्यामिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा सहिद मजदुर स्मृति कप प्रतियोगिता सुरु गरेको छ ।

दुई निजी सहित १२ वटा माध्यामिक विद्यालय रहेको बेनीघाट रोराङका सबै विद्यालयहरुले यस प्रतियोगितामा सहभागिता जनाएका छन् । प्रतियोगिताको उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) को सभापतित्व तथा जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङका प्रमुख आतिथ्यता रहेको थियो ।

मन्तव्य रहित बनाईएको उद्घाटन कार्यक्रममा सामुहिक फोटो सेसन गरेर प्रतियोगिता सुरुभएको थियो भने उद्घाटन सकिएसँगै गाउँपालिका अध्यक्ष विवेक, उपाध्यक्ष टापबहादुर श्रेष्ठ, भलिबल रेफ्रि, पालिकाका कर्मचारी र शिक्षकहरुले १ म्याच मैत्रिपुर्ण भलिबल खेलेका थिए । उक्त खेलमा पालिका अध्यक्ष थपलियाले आफुले ०६४ पछि पहिलो पटक भलिबल खेलेको बताउँदै आफु हरेक खेल गतिविधिहरुलाई नजिकबाट नियाल्ने व्यक्ति मध्य पर्ने बताएका थिए । उद्घाटन अघि प्रतियोगितामा सहभागि सबै विद्यालयहरुले मार्चपास गरेका थिए ।