
धादिङ । धुवाँकोट संस्कृति संरक्षण तथा पर्यटन प्रर्वद्धन केन्द्र र विद्यार्थी उपकार संघले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि भव्य रुपमा माघे सक्रान्ति मनाएको छ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १४ धुँवाकोटमा १७ हल गोरु जुधाई सँगै कृषि मेला र हस्तकलाका सामाग्री प्रदर्शनीले माघे सक्रान्ति विशेष कार्यक्रमलाई थप आकर्षक बनाएको देखिन्थ्यो ।
गोरु जुधाई प्रतियोगीतामा पहिलो समूहको विजेता गोरुको धनीले १२ हजार, उपविजेता गोरुको धानीले १० हजार, दोस्रो समूह विजेता गोरुको धनीले लाई १० हजार विजेता र उपविजेतालाई ८ हजार, तेस्रो समूहका विजेता र उप विजेतलाई ८ हजार र ६ हजार प्रदान गरिएको सुमन अधिकारीले बताए । यस्तै कृषि र हस्तकलाका सामाग्री प्रदर्शनीमा राख्ने किसानलाई प्रति स्टल १–१ हजार प्रदा गरिएको समेत उनले बताए ।
कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यता तथा वडा अध्यक्ष नमराज दुवाडी, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनीधिहरुको आतिथ्यता रहेको थियो ।
