
धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले माघ ३ गतेबाट माध्यमिक बिद्यालयहरूका लागि स्थानीय तह स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड तथा चौथो सहिद स्मृति बृहत् खेलकूद प्रतियोगिता २०७९ संचालन गर्ने भएको छ ।
बेनीघाट रोराङका दुई निजि सहित १२ वटा माध्यामिक विद्यालयले भाग लिने यस प्रतियोगिताको खेल तालिका शुक्रबार सार्वजनिक भएको छ । खेल संयोजक देवराज घलानका अनुसार विद्यालय खेल शिक्षकहरुको उपस्थितिमा स्रोत व्यक्ति रामेश्वर पोखरेलको रोहबरमा खेल तालिका सार्वजनिक गरिएको हो ।
बेनीघाट रोराङले स्थानीय तह स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड तथा चौथो सहिद स्मृति बृहत् खेलकूद प्रतियोगिता २०७९ माघ ३ गते मार्चपास सहित उद्घाटन गर्ने भएको छ ।
यस्तो छ खेल तालिका









