वागेश्वरी मलेखुको ६३ औं वार्षिकी मनाईयो

Avatar photo
Dhadingpost
पुस २८, २०७९

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका रिचोकटार मलेखु स्थित बागेश्वरी माध्यामिक विद्यालयको ६३ औं वार्षिक उत्सव मनाईएको छ । यो विद्यालय धादिङकै सुविधा सम्पन्न विद्यालयको रुपमा चिनिन्छ ।

२०१७ सालमा स्थापना भएको यस विद्यालयले पहिलो पटक ०४७ सालमा विद्यार्थीहरुलाई एसएलसीमा सहभागिता गराएको थियो । १३०० भन्दा बढी विद्यार्थीले अध्ययन गरि रहेको यस विद्यालयलाई एनएचके जर्मनीले सहयोग गर्दै आएको छ । विगत १५ वर्ष देखि प्रत्येक वर्ष ९० लाखको हाराहारीमा सहयोग गर्दै आएको हो । अहिले संघीय सरकारबाट ४ करोडको रेक्टोफिटिङग काम भैरहेको छ ।

विज्ञान तर्फ कक्षा ११/१२ मा धादिङको पहिलो नतिजा ल्याउन सफल यस विद्यालयको आज सम्पन्न ६३ औं वार्षिक उत्सव समारोहको प्रमुख आतिथ्यता बागमती प्रदेशका सांसद मायादेवी शर्मा कडेलको रहेको थियो ।

कार्यक्रममा बेनीघाट रोराङका अध्यक्ष कृष्णबहादुर थपलिया विवेकको विशेष आतिथ्यता रहेको थियो भने उप प्रमुख टाप वहादुर श्रेष्ठ, शिक्षा युवा तथा खेलुकुद शाखा शिक्षा अधिकृत बोधराज पाठक लगायतको आतिथ्यता रहेको थियो ।