धादिङमा दैनिक सय जनाले मात्रै नागरिकताको प्रतिलिपि लिन सक्ने

Avatar photo
Dhadingpost
पुस २६, २०७९

धादिङ । राज्यका सबै अंगहरु जनमैत्री हुने प्रधानमन्त्री प्रचण्डले बताई रहँदा जिल्ला प्रसाशन कार्यालयले भने सेवाग्राहीहरुलाई प्रभाव पार्नेगरि नागरिकताको प्रतिलिपिका लागि टोकन प्रणाली लागु गरेको छ ।

प्रधामन्त्री प्रचण्डले सरकारको नेतृत्वको गरे सँगै सरकारी काममा झनै छिटो होला भन्ने आशा बोकेका जनतालाई झनै सास्ती हुनेगरी जिल्ला प्रशासन कार्यालय धादिङले दैनिक १०० जनालाई मात्रै नागरिकताको प्रतिलिपि दिने गरि टोकन प्रणाली लागु गरेको छ ।

भौगोलिक हिसावले उत्तर हिमालय देखि दक्षिण महाभारत सम्म फैलिएको जिल्ला धादिङका विकट क्षेत्रबाट आएका सेवाग्राहीहरुलाई विना सुचना टोकन सिस्ट लागु गर्दा अफ्ठ्यारोमा परेका छन् ।

यसअघि प्रकाशित जिल्ला प्रशासन धादिङ सँग सम्बन्धित समाचार
जिल्ला प्रशासन धादिङमा पुस १३ हाम्रो निगरानी, १० बजे जेदेखियो