आज कल्पना श्रेष्ठ (मुना) को स्मृति दिवस

Avatar photo
Dhadingpost
पुस २६, २०७९

धादिङ । नीलकण्ठ नगरपालिका ५ खाल्टेमा वावुलाल श्रेष्ठ र माता चोक कुमारी श्रेष्ठको कोख वाट वि.स.२०५८ साल कार्तिक १५ गतेका दिन ६ सन्तान मध्य दोश्रो सन्तानको रुपमा कल्पना श्रेष्ठ मुनाको जन्म भएको हो ।

२०५८ वैशाख २५ गते माओवादीको पुर्णकालिन भए सँगै अखिल नेपाल महिला सघ (क्रान्तिकारी) धादिङको जिल्ला सदस्य जिम्मेवारी मुनाको काँधमा आएको थियो । वि.स. २०६० सालमा पार्टीको जिल्ला सदस्य हुँदै मुना इलाका सेक्रेटरी बने सँगै फौजी र गैह्र फौजी कार्बाहीहरुमा जोडिएकी थिईन् ।

पार्टीकै कामको शिलशिलामा धादिङ जिल्लाको केवलपुर, केराबारीमा बास बसेको घर सुराकी मार्फत सेनाले घेरा हाली वि.स. २०६० पुष २६ गते मुनालाई सेनाले गोली हानी हत्या गरेको थियो ।