
धादिङ । त्रिपुरासुन्दरी युवा समाजको आयोजनामा प्रथम सल्यानटार गोल्ड कप–२०७९ पुस २६ गते देखि माघ १ गते सम्म सल्यानटारमा हुनेछ ।
प्रथम पुरस्कार १ लाख ५५हजार ५५५, द्वितीय पुरस्कार ६६ हजार ६६६ रहेको यस प्रतियोगितामा धादिङ जिल्लाका खेलाडीहरुले मात्रै सहभागिता जनाउने छन् ।
प्रतियोगिता समापनको दिन अर्थात माघ १ गते चर्चित मडल डान्सर रितु तामाङ, मोडल डान्सर नारायणी खत्री र मोडल डान्सर रिना थापामगरको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

