
धादिङ । धादिङको बेनीघाट वडा नम्बर ७ मा शैक्षिक गुणस्तर सुधारका अन्तरक्रिया कार्यक्रम गरिएकाे छ । कार्यक्रममा पालिका अध्यक्ष कृष्णबहादुर थपलिया विवेकले भाैतिक विकासले मात्रै शैक्षिक सुधार नहुने बताउँदै शिक्षण सुधारमा शिक्षक र अभिभावकाे भुमिका महत्त्वपुर्ण हुने बताए ।
शैक्षिक गुणस्तर सुधारका सुचाङ्कहरु पुर्णरुपका कार्यन्वयनमा लान निर्देशन गर्दै अध्यक्ष थपलियाले त्यसका लागि पालिकाले गर्नुपर्ने कुनैपनि सहयाेग गर्न तयार रहेकाे बताएका थिए ।
वडाध्यक्ष कुमार बस्नेतले धादिङपाेष्टलाई बताए अनुसार अन्तरक्रिया कार्यक्रमकाे प्रमुख अतित्थ्यता गाउपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया, विशेष अतित्थ्यता शिक्षा समिति सदस्य हेमनाथ थपलिया, बोधराज पाठक र अतिथिहरुमा वडा सदस्यहरु, चन्द्रोदय बहुमुखी क्याम्पस प्रमुख योगेन्द्र सिल्वाल, चन्द्रोदय मा बि प्रधानाध्यापक रमेश रेग्मी, विभिन्न बिध्यालयका ब्यबस्थापन समितिका पदाधिकारी तथा आधारभुत बिध्यालयका प्रधानाध्यापक, अन्य शिक्षक तथा शिक्षिकाहरु र विभिन्न सरोकारवाला हरुकाे सहभागीता रहेकाे थियाे ।
