
काठमाडौं । हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको हास्यश्रृंखला ‘सक्किगो नि’को प्रसारण रोकिएको छ । सिरियलको १०० औं भाग प्रसारण भएपछि कार्यक्रम रोकिएको टेलिभिजन र उत्पादक संस्था जेपीटी क्रिएसनले जनाएका छन् ।
‘टेलिभिजनले नै कार्यक्रमलाई निरन्तरता नदिने भनेपछि तत्काल सिरियलको प्रसारण रोकिएको छ । यतिबेला हामी अलमलमा छौं । साथीहरुसँग बसेर छलफल गर्छौं र कसरी निरन्तरता दिने भनेर निष्कर्षमा पुग्छौं ।’ केही सातापछि पुनः दर्शकमाझ आउने योजना रहेको पाँडेले जानकारी दिए ।
कुमार कट्टेल जिग्री र पाँडेले संयुक्त रुपमा निर्देशन गर्दै आइरहेको यो सिरियलले गत साता सोलुखुम्बुको पतालेमा पुगेर १०० औं भागको खुसी साटेको थियो । हिमालय टेलिभिजनले पनि ‘सक्किगो नि’को प्रसारण स्थागित भएको पुष्टि गरेको छ ।
