विद्यालयमा खसी काटेर वियर पार्टी

Avatar photo
Dhadingpost
पुस २३, २०७९

दार्चुला । जिल्लाको एक विद्यालयमा कार्यरत शिक्षकहरुले विद्यालय परिसर भित्रै पार्टी गरेको भेटिएको छ । बिहीबार जिल्लाको शैल्यशिखर नगरपालिका-९ स्थित गोकुलेश्वर माविका शिक्षकहरुले विद्यालय समय भित्र विद्यालय परिसरमै खसी काटेर पार्टी गरेको भेटिएको हो ।

यसअघि विद्यालयमा विज्ञान विषय पढाउँदै आएका शिक्षक पशुपती नाथको अवकासप्राप्त भएपछि उनको ठाउँमा नयाँ आएका शिक्षक तिर्थ राज पन्तको खुसीयालीमा खसी काटेर मदिरा पार्टी गरेका हुन् ।

आगोको झिल्कोमा खसी पोल्नमा व्यस्त रहेका शिक्षकहरुले एउटा पिरियड मात्र पढाएको नाम नबताउने सर्तमा कक्षा ११ आ अध्यनररत एक विद्यार्थीले बताइन् । उनले भनिन्,’हामीलाई एउटा पिरियए मात्र पढाइयो,अरु पिरियड पढाउन कोही शिक्षक आएनन्,सबै शिक्षक खसी पोल्नमा व्यस्त रहे, बजारबाट मोटरसाइकलमा वियरको पेटी समेत विद्यालयमा ल्याए ।’

विद्यालय परिसरको त कुरै छाडौँ, त्यस आसपासको निश्चित क्षेत्रमा भोज भतेर,पार्टी मदिरा बिक्री, वितरणसमेत गर्न नपाउने व्यवस्था छ । तर, यहाँस्थित विद्यालयमा विद्यालय परिसरमै खसी काटेर पार्टी गरेका छन् ।

विद्यालय समय सकिएपछि विद्यालय परिसर बाहिर खसी काटेको विद्यालयका प्रधानाध्यापक धन्नजय जोशीले बताए । उनले भने, ‘४ बजेपछि विद्यालय परिसर बाहिरर खसी काटेका हो्,विद्यालय समय भित्र होइन,सबै पिरियड पढाइ भएको हो ।’ राजधानी दैनिकबाट

x