
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका १० स्थित स्थानपति माविको ४४ औं वार्षिक वार्षिकोत्सव तथा अभिभावक भेलाको अवसरमा ११० जना बिध्यार्थी लाइ लताकपडा झोला र स्टेसनरी का समान प्रदान गरिएको छ ।
यस विद्यालयका भुतपूर्व विद्यार्थी समाजको समन्वय र सकृयतामा लायन्स क्लब अफ काठमाडौं नेचुरल र पुजा प्रतिस्ठान काठमाडौंले विद्यार्थीलाई लताकपडा झोला र स्टेसनरी का समानहरु वितरण गरीएको भुतपूर्व विद्यार्थी समाज सथानपति माविका बरिष्ठ उपाध्यक्ष शकर जंग इटनीले धादिङपोष्टलाईबताए।

