स्व. मन्दिप धरेलको वार्षिकीमा गौरीशंकरका विद्यार्थीलाई स्कुल ब्याग प्रदान

Avatar photo
Dhadingpost
पुस २१, २०७९

धादिङ । धादिङको बेनीघाट रोराङ २ छापडाँडा, निवासि मेघनाथ धरेल तथा विनु धरेलले भाइ स्व. मन्दिप धरेलको पुन्य तिथिको अवसरमा गौरीशंकरका विद्यार्थीलाई स्कुल ब्याग र खेलकुदका सामाग्री प्रदान गरेका छन् ।

विद्यालयका प्रधानाध्यापक सिमा बानिया रावलका अनुसार स्व. मन्दिप धरेलको ५ औं वार्षिकीको अवसरमा मेघनाथ धरेल र विनु धरेलले बाल कक्षा देखि कक्षा ५ सम्मका विद्यार्थीलाई झोला, खेलकुदको सामाग्री र १ दिनको खाजा वितरण गरेका हुन् ।