
धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित मुलपानी आहालेमा श्रीमान र श्रीमती दुबैको हत्याका आरोपीलाई पक्राउ गर्न सफल भएकोमा ६ जना प्रहरीहरु पुरस्कृत भएका छन् ।
७० वर्षिय श्रीमान् विष्णु बहादुर आलेमगर र ६५ वर्षिय श्रीमती निरमायाँ आलेमगरको हत्यमा संलग्न दुई जना १३ वर्षिय बालक र १५ वर्षिय किशोरलाई पक्राउ गर्न सफल ६ जना प्रहरीहरुलाई पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
पुरस्कृत हुने प्रहरीहरुमा रमेश थापा, राजु लामिछाने, लब अधिकारी, राजेन्द्र कुंवर, यमनाथ प्रसाईर रन्जन घिमिरे रहेका छन् ।


