
धादिङ । नेपाल नगरपालिका संघको ८ औं अधिवेशनबाट धादिङको नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गाना अध्यक्षमा चयन भएका छन् भने काठमाडौं उप महानगर पालिकाको उप मेयर सुनिता डंगोल उप महासचिवमा निर्वाचित भएका छन् ।
नेपाल नगरपालिका संघको अधिवेशनमा दलिय सहमति बन्दा मतदान प्रक्रियामा गएन । सहमति अनुसार कांग्रेसको भागमा परेको अध्यक्ष र कोषाध्यक्ष परेको थियो जसमा अध्यक्ष धादिङबाट भिम प्रसाद ढुङ्गाना र कोषध्यक्षमा हलेसी तुवाचुङ्ग नगरपालिकाको प्रमुख विमलाराई चयन भए ।
यस्तै अधिवेशनले एमालेको भागमा परेको महासचिव र उप महासचिवमा घोराही उप उप महानगरपालिकाका प्रमुख नन्दलाल चौधरी महासचिव र काठमाडौं उप महानगपालिकाको उप प्रमुख सुनिता डंगोल उप महासचिवमा चयन गरेको छ ।
माओवादीको भागमा परेको उपाध्यक्षमा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटा चयन भए ।
कार्यसमितिको नामावली यस प्रकार छ ।

