
धादिङ । करोड भदा बढी खर्च हुने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ केन्द्रिय महाधिवेशन धादिङ जिल्लामा हुने भएको छ भने अध्यक्षमा धादिङ निवासी रिता थापाले उम्मेदवारी दिने भएकी छिन् ।
धादिङको नीलकण्ठ नगरपालिकाले महाधिवेशनको खर्चमा सहयोग गर्ने प्रतिवद्धता जनाए अनुसार लोक तथा दोहोरी प्रतिष्ठानको अधिबेशन धादिङमा हुने भएको स्रोतले धादिङपोष्टलाई बतायो ।
प्रतिष्ठानको मंगलबार बसेको विशेष बैठकले फागुन १३, १४ र १५ गते जिल्ला सदरमुकाम धादिङ वेशीमा केन्द्रिय महाधिवशेन गर्ने निर्णय गरेको हो ।
