नगरपालिका संघमा दलिय सहमति, अध्यक्ष धादिङका भिम ढुङ्गाना बन्दै

Avatar photo
Dhadingpost
पुस ५, २०७९

धादिङ । नेपाल नगरपालिका संघको ८ औं अधिवेशन, काठमाडौंमा सोमबारबाट सुरुभएको छ । बुधबार नयाँ कार्यसमिति गठन गर्दै अधिबेशन सकिने बताईएको छ ।

सातौं अधिबेशनबाट महासचिवमा चयनभएका धादिङको नीलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गाना यो पटक दलिय भागबण्डाको अधारमा अध्यक्ष बन्ने लगभग निश्चित भएको बताईएको छ ।

ठुलो पार्टी भएको आधारमा कांग्रेसले अध्यक्ष र कोषाध्यक्ष, एमालेले महासचिव र उपमहासचिव यस्तै तेस्रो पोजिशनमा रहेको माओवादीले उपाध्यक्ष लिने गरि ३ पार्टीको दलिय सहमति भए सँगै कांग्रेसले धादिङका ढुङ्गानालाई नेपाल नगरपालिका संघको अध्यक्ष बनाउन लागेको बताईएको छ ।

करिव-करिव दलिय सहमति बनेको छ, को पात्रलाई आफ्नो दलमा परेको पदमा पठाउने भन्ने निर्णय दलहरुले गरेर पठाउने र त्यहि अनुरुप बुधबार नयाँ कार्यसमिति घोषणा हुने नीलकण्ठ नगरपालिकाका उप-मेयर दीपक विश्वकर्माले धादिङपोष्टलाई बताए ।

यो अधिबेशनमा देशभरका २७६ वटै नगरपालिकाका मेयर र उप मेयर सहभागि छन् । अधिवेशनले ३९ सदस्यीय नयाँ कार्यसमिति गठन गर्ने छ ।